Government of Nepal

Ministry of Agriculture and Livestock Development

Department of Livestock Services

Sheep Genetic Resource Center

Nuwakot

कार्य विस्तृतिकरण

राष्ट्रियस्तरमा बरूवाल, पोलवर्थ र अन्य उन्नत जातका भेडाको न्युक्लियस र मल्टीप्लायर हर्डहरुको स्थापना तथा व्यवस्थापन गर्ने ।

  • भेडाको विभिन्न जातहरूको जातिय शुद्धता कायम (Pure Line Maintain) गर्ने ।
  • भेडाको उत्पादकत्व बढाउने प्रविधिहरूको विकास र विस्तार गर्ने ।
  • भेडा विकासका नविनतम प्रविधिहरूको उपयोग गरी भेडाको वाह्य श्रोत विकासका कार्यक्रमहरु संचालन गर्ने ।
  • कार्पेट उन उत्पादनका लागि योग्य भेडाका जातहरूको प्रवर्द्धन र विस्तार गर्ने ।
  • बरूवाल भेडाको in-situ तथा ex-situ संरक्षण, संवर्द्धन, प्रवर्द्धन र सदुपयोग गर्दै राष्ट्रियस्तरमा भेडा आनुवाँशिक जैविक विविधताको व्यवस्थापनमा सहयोग पुर्‍याउने ।
  • नेपाल कृषि अनुसन्धान परिषद, विश्व विद्यालय तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँगको सहकार्यमा भेडा विकाससंग सम्बन्धित विभिन्न अध्ययन, अनुसन्धान तथा प्रविधि विस्तार गर्ने ।
  • भेडा विकाससंग सम्बन्धित विषयहरूमा राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालयको समन्वयमा स्थानीय  र प्रादेशिक तहसँग सहकार्य गर्ने ।
  • राष्ट्रियस्तरमा भेडापालनका विविध पक्षहरूमा क्षमता अभिबृद्धिका लागि स्थलगत व्यवहारिक तालिम¸ गोष्ठी¸ सेमीनार लगायतका कार्यक्रमहरु संचालन गर्ने ।
  • केन्द्र तथा वाह्य श्रोत विकास कार्यक्रम अन्तर्गत रहेका भेडाहरुको अभिलेखीकरण, तथ्यांक विश्लेषण तथा प्रकाशनका कार्यहरु गर्ने ।
  • राष्ट्रियस्तरमा पशु आहारा सम्बन्धि नविनतम प्रविधिहरूको अनुसरण र विस्तार गर्ने ।
  • घाँसका प्रजातिहरू तथा चरन खर्कको विकास र विस्तार गर्ने ।