नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग, राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय मातहत सञ्चालन हुने गरी भेडा आनुवाँशिक स्रोत केन्द्र पानसयखोला, नुवाकोटको स्थापना भएको हो । उच्च गुणस्तरीय भेडा उत्पादन गरी कृषकहरुलाई बितरण गर्ने भेडापालक कृषकको संस्थागत बिकास गर्ने भेडापालन सम्बन्धि नबिनतम प्रबिधिहरु कृषकहरु माझ पुर्याउने लगाएतका कार्यहरु यस श्रोत केन्द्रले गर्दै आएको छ । राष्ट्रियस्तरमा भेडाको आनुवाँशिक स्रोत संरक्षण, संवर्द्धन, प्रवर्द्धनका लागि भेडा विकाससंग सम्बन्धित प्रविधिको विकास र विस्तार गरी भेडाको उत्पादकत्वमा वृद्धी ल्याई राष्ट्रिय अर्थतन्त्र तथा खाद्य सुरक्षामा टेवा पुर्याउने उद्धेश्य यस श्रोतकेन्द्रले राखेको छ।
- वि. सं. २०२५ बैशाख १९ गते पानसयखोला भेडा विकास फार्मको रुपमा स्थापना भएको ।
- वि. सं. २०७५ सालदेखि भेडा आनुवंशिक श्रोत केन्द्रको रुपमा संचालनमा रहेको ।
- नुवाकोट जिल्ला, किस्पाङ गा.पा.वडा नं.१ भाल्चेमा अवस्थित ।
- समुन्द्र सतहवाट करिव २००० मिटर उचाइमा रहेको ।
- ६०० रोपनी क्षेत्रफलमा फैलिएको ।
- काठमान्डौ वाट १०१ कि.मि. दुरी