नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

पशु सेवा विभाग

भेडा आनुवाँशिक स्रोत केन्द्र

पानसयखोला, नुवाकोट

विद्यमान अवस्था

नुवाकोट जिल्लाको किस्पाङ गाउपालीका वडा नं.१ भाल्चे गाउमा रहेको भेडा आनुवंशिक स्रोत केन्द्रले राष्ट्रिय स्तरमा भेडाको उत्पदकत्व बृद्धि, संरक्षण, प्रबर्द्धनको कार्य मार्फत स्थानीय जनताको जीवनस्तर उठाउन विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ।एक उपसचिवस्तरका केन्द्र प्रमुखको नेतृत्वमा एक पशु विकास अधिकृत, चार प्राविधिक, दुइ प्रशासनिक तथा एक जना लेखा गरी जम्मा नौ जनाको जनशक्ती रहेका छन् ।करिव ४५ हेक्टर (९०० रोपनी ) जग्गा रहेको यस केन्द्रमा हाल २८० संख्यामा भेडाहरु रहेका छन् । केन्द्रले नुवाकोट, रसुवा र सिन्धुपाल्चोक जिल्लामा भेडाको बाह्य सेवा कार्यक्रम भेडापालन समुह गठन गरि कार्यक्रम संचालन गर्दै आएको छ ।केन्द्रमा उत्पादन भएका भेडाका थुमा माग बमोजिम कृषकहरुलाई विक्री वितरण हुंदै आएको छ ।यसका अतिरिक्त बहुवर्षीय घांस (राईघांस, सेटेरीया,किक्यू तथा पास्पालम) को वीउ बेर्ना उत्पादन तथा विक्री वितरण हुंदै आएको छ ।